November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

सुकुमबासी बस्ती हटाउने क्रममा एक महिला बेहोस

काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारको सुकुमबासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन् ।

शुक्रबार सरकारले सुकुमबासी बस्ती हटाउने क्रममा उक्त दृशय हेर्न नसकेर बेहोस् भएकी रेखा कुँवरलाई प्रहरीले उद्धार गरेको छ ।

उनलाई प्रहरीले वीर अस्पताल लगेको छ ।

Advertisement

बालेन शाह सरकारको नेतृत्वमा आएसँगै सुकुमबासी बस्ती हटाइरहेको छ ।

शुक्रबारमात्रै काठमाडौंको टेकुस्थित बंशीघाट क्षेत्रको बस्ती हटाइएको छ ।

बस्ती हटाउँदै गर्दाको दृश्य हेर्नेहरूको भीड लागेको छ । आजै शंखमुल, बालाजु क्षत्रेको बस्ती हटाइएको थियो ।

यसअघि सरकारले थापाथली, गैरीगाउँ लगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो ।