November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

प्रतिनिधि सभा बैठक मंगलबारसम्म स्थगित

काठमाडौं। प्रतिनिधि सभा बैठक मंगलबारसम्म स्थगित भएको छ । विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डीपी अर्यालले मंगलबार दिउँसो १ बजे पुनः बस्नेगरी बैठक स्थगित गरेका हुन् । 

दोस्रो बैठक सुरु हुनेबितिकै विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख अर्यालले कानुन निर्माण गर्ने महत्त्वपूर्ण थलो रहेकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए । तर विपक्षी दलले निरन्तर उठेर विरोध जनाएपछि सभामुख अर्यालले मंगलबारसम्मका लागि बैठक स्थगित गरेका हुन् । 

Advertisement