November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

माइतीघरको धर्नामा सहभागी हुदैँ प्रचण्ड–माधव

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय (प्रचण्ड–माधव पक्ष) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आज माइतीघरको धर्नामा सहभागी हुने भएका छन्।

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–माधव पक्षले बुधबारदेखि माइतीघर मण्डलमा जारी राखेको साताव्यापी धर्नामा आज प्रचण्ड र नेपाल पनि सहभागी हुन लागेका हुन्।

उनीहरू दिउँसो १२ बजे धर्नामा सहभागी हुने केन्द्रीय सदस्य विष्णु रिजालले नेपाल लाइभलाई बताए। धर्नामा विघटित प्रतिनिधि सभाका सदस्यसँगै राष्ट्रिय सभा, प्रदेश सभा र संविधान सभाका सदस्यहरू सहभागी हुँदै आएका छन्। 

Advertisement