November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

गोरखामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला

२०७७ फाल्गुन १०

काठमाडौं–गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ मा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।

गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले तीन जना मृत फेला परेको पुष्टि गरे । उनका अनुसार मृत भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरुङ, २१ वर्षीया आइतकुमार गुरुङ र १३ वर्षीया उषा गुरुङ छन् । 

सोमबार अबेरसम्म पनि कोही पनि नउठेपछि स्थानीय डिलबहादुरको घरमा पुगेर हेर्दा मृत भेटिएको प्रहरीले जनाएको छ । स्थानीयले प्रहरीलाई खबर गरेपछि बारपाक प्रहरी चौकी घटनास्थलमा पुगेको थियो । प्रहरी पुग्दा मृतकको मुखबाट फिँज आइरहेको पाइएको एसपी गुरुङले जानकारी दिए ।

Advertisement

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जौबारीबाट टोली गएको एसपी गुरुङले बताए ।