November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

भिरबाट लडेर मकवानपुरमा एक जनाको मृत्यु

२०७७ फाल्गुन १४

मकवानपुर- मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ मा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा हेटौँडा–१२ स्थित गोठेदमार बस्ने अन्दाजी ४० वर्षीय केशव विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।

उनका अनुसार विकको गुप्तेश्वरी जङ्गलमा भिरबाट लडेर गएराति नै मृत्यु भएको हो। विक भिरबाट करिब २०० मिटर तल खसेका थिए।

Advertisement

डिएसपी रानाका अनुसार, मृतक विकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको र उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ।