November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

नेपाल एयरलाइन्सका थप दुई पाइलटकाे उडानमा प्रतिबन्ध

२०७७ फाल्गुन २०

काठमाडौं– नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)काे जहाज हेभी ल्यान्डिङ प्रकरणमा थप २ जना पाइलटलाई उडानमा प्रतिबन्ध लगाइएकाे छ।

अहिले थप २ जनालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएकाे हाे। प्राधिकरण स्राेतमा अनुसार अपरेशन विभागमा प्रमुख दीपु जुहर्चन र सुरक्षा शाखा प्रमुख राजु राैनियारकाे उडानमा पनि प्रतिबन्ध लगाएकाे हाे। याेसँग ४ पाइलटलाई उडानमा प्रतिबन्ध लगाइएकाे छ।

निगमले पाइलटद्वय सुनील श्रेष्ठ र महेशमान डंगोलले ८ जनवरीमा दोहाबाट काठमाडौं अवतरण गरेको जहाज हेभी ल्यान्डिङ भएको थियो। तर, पाइलटले नियमित फ्लाइट डाटा विश्लेषण कार्यक्रममा जानकारी दिएका थिएनन्। मासिक रुपमा एयरबसले पठाउने म्यानुयल रिपोर्टमा जहाज हेभी ल्यान्डिङ भएको विवरण पठाएपछि निगमले उक्त विषय छानबिन थालेकाे छ।

Advertisement

यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि याे विषयमा छानबिन गर्न पूर्व सुरक्षा महाशाखामा प्रमुख भेषराज सुवेदीकाे संयाेजकत्वमा कमिठी गठन गरेकाे छ। हवाई सुरक्षालाई दृष्टिगत गरी छानबिन समितिको प्रतिवेदनको आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड अनुरुप थप कारबाही अगाडी बढाइने समेत निगमले जनाएको छ।