November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

टीकापुर घटनामा पक्राउ परेका सबैलाई नि:शर्त रिहा गर्न माग

काठमाडाैं- टीकापुर घटनामा पक्राउ परेका सबैलाई नि:शर्त रिहा गर्न माग गरिएको छ। पक्राउ परेका व्यक्तिहरूका आफन्तले उनीहरूलाई नि:शर्त रिहाइको माग गरेका हुन्। 

जनता समाजवादी पार्टी (जसपा) नेपालले पछिल्लो समयमा टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीको रिहाइलाई मुख्य राजनीतिक मुद्दा बनाइरहेका बेला थरूहट/थारूवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारूले सरकारको जोड घटाऊसँग रेशम चौधरीलगायत टीकापुर घटनाका बन्दीसँग कुनै सरोकार नभएको बताएका छन्।

शुक्रबार कैलालीको एक गोप्य स्थानमा पत्रकार सम्मेलन गर्दै संयोजक थारूले टीकापुर घटनामा जेल गएकाहरुलाई निःशर्त रिहाई गर्नुपर्ने तर, आफूहरु कसैको सत्तासँग सरोकार नभएको बताए । 

Advertisement

‘सांसद रेशम चौधरीलगायत सात जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैलसा गरेको छ,’ थारूले भने, ‘जन्मकैद सुनाइएका र अन्य केहीलाई १० वर्ष कैद सुनाइएको छ, तिनीहरुलाई निःशर्त रिहाई गरिनुपर्छ भन्ने हाम्रो माग हो।’ राजनीतिक दलहरुले रेशमको मुद्दालाई लिएर जोड घटाऊ गरेका उल्लेख गर्दै उनले त्यसमा हाम्रो केही लिनुदिनु नभएको तर, सबैले टीकापुर घटनाको मुद्दालाई सहयोग गर्नुपर्ने बताए। 

टीकापुर घटना प्रतिशोधको नभई राजनीतिक मुद्दाका विषयमा घटेको घटना भएको बताउँदै उनले भने, ‘यो नितान्त राजनीतिक विषयको मुद्दा हो। तसर्थ आजीवन र जेलमा जीवन बिताइरहेका कैदीवन्दीलाई तुरुन्तै निःशर्त छोड्नका लागि वार्ता टोली गठन गरेका छाैं।’