August 25, 2026, Tuesday
२०८३ भाद्र १०
1:37:26 pm

चोरी भएका तीनवटा प्राचीन मूर्ति अमेरिकाले बुझायो

काठमाडौं – अमेरिकी सरकारले नेपालबाट हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ। गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति हस्तान्तरण गरिएको हो ।

न्युयोर्कका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्तान्तरण गरेको हो।

चार वर्षको अनुसन्धान एवं कानूनी प्रक्रिया पूरा गरी ती मूर्ति नेपाललाई प्रदान गरिएको हो। हराएका प्राचीन सामग्री हस्तान्तरण गरेकामा नेपालले अमेरिकी सरकार र सम्बद्ध सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि यस्ता सत्कार्यमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ।

Advertisement

हस्तान्तरण गरिएका ती मूर्ति यथाशक्य चाँडो नेपाल पठाइने जनाइएको छ।