November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

बर्दियाको मान्छे खाने बाघ नियन्त्रणमा, आजै चिडियाखाना पठाइने

बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले आइतबार नै अर्को पाटेबाघ नियन्त्रणमा लिएको छ। निकुञ्जभित्र आइतबार बेलुका गैँडा गणनामा खटिएका हात्तीका माहुतेलाई मार्ने पाटेबाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएको हो।

राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले निकुञ्जभित्र पर्ने गैँडा मचान क्षेत्रबाट माहुतेलाई आक्रमण गरेलगत्तै पाटेबाघ नियन्त्रणमा लिएको निकुञ्जका साहायक संरक्षण अधिकृत अशिम कुमार थापाले जानकारी दिए। नियन्त्रणमा लिएको बाघलाई आजै काठ्माण्डौको जावलाखेल चिडियाखानामा लगिने तयारी गरिएको पनि उनले बताए।

बाघले मान्छेलाई आक्रमण गरेलगत्तै (अन द स्पोर्ट) नै हामीले बाघ नियन्त्रणमा लिएका हौँ उनले भने अब उक्त पाटे बाघ आजै काठमाडौं पठाउने तयारी गरिरहेका छौ। योसँगै बर्दियाबाट पाँचवटा पाटेबाघ नियन्त्रणमा लिइएको छ। यसअघि बर्दियाको खाता क्षेत्रबाट नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जमा राखिएको पाटेबाघ भने खोरको सरिया बङ्ग्याएर भागेको थियो।

Advertisement