August 27, 2026, Thursday
२०८३ भाद्र १२
1:37:26 pm

प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित

काठमाडौं– प्रदेश १ ले ललितपुर मेयर महिला च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगितामा जित निकालेको छ।

प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गरेको हो। त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा प्रदेश एकले लुम्बिनीविरुद्ध सानदार जित निकालेको हो। १०५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश १ ले १३.२ ओभरमा विना विकेट लक्ष्य पूरा गर्यो।

प्रदेश १ का कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरे। रुविनाले ६८ रन बनाइन्। उनले ४९ बलको सामना गर्दै १२ चौका र एक छक्का प्रहार गरिन्।

Advertisement

त्यस्तै, काजलले २५ रन बनाइन्। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १०४ रन बनाएको थियो। लुम्बिनीका सरस्वती मगरले अर्धशतक बनाइन्। उनले ६६ बलमा पाँच चौका प्रहार गर्दै अविजित ५० रन बनाइन्।

त्यस्तै, कप्तान नेरी थापाले २० र नितु भण्डारीले १८ रन बनाए। बलिङतर्फ प्रदेश १ की सब्नम राईले एक विकेट लिइन्। आफ्नो दोस्रो खेलमा प्रदेश १ को यो पहिलो जित हो। यसअघि प्रदेश १ एपीएफसँग आठ विकेटले पराजित भएको थियो।