November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

मनकामना केबलकार सोमबारदेखि पुनः सञ्‍चालनमा आउने

काठमाडौं- मनकामना केबलकार भोलि (सोमबार)देखि पुनः सञ्‍चालनमा आउने भएको छ। मर्मतका लागि बन्द गरिएको केबलकार पूर्वनिर्धारित समयभन्दा एक दिनअघि नै सञ्‍चालनमा आउने भएको हो।

यसअघि केबलकारले जारी गरेको सूचनामा चैत ३१ गते मंगलबारसम्मका लागि बन्द गरिने भनिएको थियो।

मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरणमध्येको कार्य अनुमानित समयभन्दा एक दिन अगावै सम्पन्न भएकोले चैत ३० गते सोमबारबाटै सञ्‍चालनमा आउने जानकारी दिएको हो।

Advertisement

चैत २३ गतेदेखि मर्मतका लागि बन्द गरिएको केबलकारको विदेशी प्राविधिकहरूले काम गर्दै आएका थिए। छ दिन बन्द गरिएको केबलकार पाँच दिनमा नै काम सम्पन्‍न भएकोले सञ्‍चालनमा ल्याउन लागिएको सञ्‍चालक राजेशबाबु श्रेष्ठले बताए।