काठमाडौं– त्रिभुवन विश्वविद्यालयले हाल संचालन भैरहेका पूर्वनिर्धारित स्नातक तथा स्नातकोत्तर तहका सबै परीक्षाहरु स्थागित गरेको छ। कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै देशका विभिन्न स्थानमा लकडाउन तथा निषेधाज्ञा भएपछी परिक्षा संचालन गर्ने नसकिएको त्रिविद्धारा जारी गरिएको सुचनामा उल्लेख छ ।
त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले पूर्वनिर्धारितत वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु रोक्ने निर्णय गरेको हो । परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ ।
