November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

आज कहाँ–कहाँ छ बाढीको जोखिम ?

काठमाडौं- नेपालमा अहिले मनसुन सक्रिय रहेको छ । आज (बुधबार) सुदूरपश्चिम बाहेक देशका ६ प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

बर्षाका कारण आज महाकाली, नारायणी र कोशीका सहायक नदीहरूमा पानीको बहाव बढ्न सक्ने जनाइएको छ । विशेष गरी तमोर, लिखु, खिम्ति, सुनकोसी, अरुण, कालीगण्डकी, बूढीगण्डकीमा बहाव बढ्ने पूर्वानुमान छ ।

वागमती, कमला र पूर्वी राप्तीमा पनि बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र यसका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । कन्काई, तिनाउ, पश्चिम राप्ती, बबईलगायतमा पनि बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

Advertisement

आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, बारा, पर्सा, रौतहट, धनुषा, सिरहा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, धादिङ, चितवन, गोरखा, लमजुङ, म्याग्दी, पर्वत, स्याङ्जा, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, कालीकोट, दैलेख, जाजरकोट, सुर्खेत, दार्चुला, बैतडी, डडेलधुरा, अछाम र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने छ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।