ओखलढुङ्ग- ओखलढुङ्गामा गए राति परेको चट्याङ्गका कारण सात जना जना बेहोस भएका छन् । सिद्धिचरण नगरपालिका–१० बेतिनीका घरहरुमा चट्याङ्ग पर्दा सात जना बेहोस भएका हुन् भने तीन जनाको अवस्था गम्भीर रहेको छ ।
विष्णुकुमारी खड्का, तुलसा धमला र अनिषा खड्काको अबस्था गम्भीर रहेको बताइएको छ । उनीहरु तीनै जनालाई ओखलढुङ्गा सामुदायिक अस्पताल लगिएको छ ।
चट्याङले बेहोस भएका अरुको अवस्था सामान्य रहेको छ । चट्याङले एक दर्जन बढी घरमा क्षति पुगेकोे र गाई र भैसी गरी आधा दर्जन बढी चौपाया मरेको जनाइएको छ । घटनाको बारेमा थाहा पाएपछि सदरमुकामबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।