November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिए

काठमाडौं- काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा भएको छ । गृह मन्त्रालयले आज (मंगलबार) प्रजिअ पराजुलीलाई हटाएर उनको ठाउँमा सहसचिव गोविन्दप्रसाद रिजाललाई प्रजिअको जिम्मा दिएको हो ।

पराजुली पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्थे । पराजुलीलाई गृह मन्त्रालयको प्रशासन महाशाखामा सरुवा गरिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

Advertisement