November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा चालकको मृत्यु

बारा । जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित सडकमा मोटरसाइकल आफैँ अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालकको निधन भएको छ ।

दुर्घटनामा ना.५६ प ७४५६ नम्बरको मोटरसाइकालमा सवार मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ बस्ने २७ वर्षीय रञ्जन बानिँयाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको अल्पाइन अस्पताल सिमरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement