काठमाडौं । शुक्रबार फरक–फरक स्थानमा ३ जना पुरुष मृत अवस्थामा भेटिएका छन् ।
नवलपरासी (पूर्व), हुप्सेकोट गाउँपालिका–१ बेलवा बस्ने ४८ वर्षीय पूर्ण बहादुर पुन सोही ठाउँ धारा चोकस्थित धानबारीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी सिन्धुली, दुधौली नगरपालिका–११ तल्लो धनसरीस्थित कमला खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
झापा, बिर्तामोड नगरपालिका–५ स्थित कृषिथोक बजारको गेट छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
उक्त घटनाहरूको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ प्रहरीले जनाएको छ ।