November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

बँदेल मार्न थापेको पासोमा पर्दा ३ जनाको मृत्यु, पासो थाप्ने ८३ वर्षीय वृद्ध पक्राउ

काठमाडौ । गए राति बँदेल मार्न थापेको विद्युतीय पासोमा पर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

पासोमा परी बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का ३२ वर्षीय बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको ज्यान गएको प्रहरीले जनाएको छ ।

शुक्रबार राती १० बजेतिर एक जनालाई करेन्ट लागेको र उनलाई बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

Advertisement

पासो थाप्ने ८३ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।