November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

कार्यालय समयमा नआएको भन्दै वडा कार्यालयमा सेवाग्राहीले आगजनी गरे

सुर्खेत । वडा अध्यक्ष कार्यालय समयमा नआएको भन्दै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ को वडा कार्यालयमा सेवाग्राहीले आगजनी गरेका छन् ।

बुधबार बिहान १० बजेतिर आगजनी गरिएको हो । कसले आगजनी गरेको भन्ने खुलेको छैन । स्रोतका अनुसार आगजनी गर्नेविरूद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने तयारी गरिएको छ ।

वडा अध्यक्षको कार्यकक्षका कुर्ची, टेबुल, सोफालगायत सबै सामान र कागजात जलेका छन् । राजश्व फाँट र कम्प्युटर कक्षका विद्युतीय तार काम नलाग्ने गरी जलेको स्रोतले जनाएको छ ।

Advertisement

‘बिहान कोपिला भ्यालि स्कुलको कार्यक्रम भएर म त्यहाँ अतिथिका रूपमा गएको थिएँ, १० बजेर ४ मिनेटमा मेरो अफिसकै ल्यान्डलाइनबाट फोन आयो,’ अध्यक्ष सुनारले भने, ‘उहाँले कार्यालय समय भयो तपाईं किन आउनुभएन भनेर सोध्नुभयो, मैले म कार्यक्रममा भएकोले कार्यवाहक वडाध्यक्ष आएर गर्नुहुन्छ भनेको थिएँ, पछि त पेट्रोल पम्पबाट पेट्रोल ल्याएर जलाइसकेछन् ।’, अध्यक्षले गंगाराम सुनारले भने ।