August 25, 2026, Tuesday
२०८३ भाद्र ९
1:37:26 pm

राष्ट्रिय आविष्कार केन्द्रले बनायो भर्खरै जन्मेका शिशुलाई न्यानो बनाउने ‘बेबी वार्मर’

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै बेबी वार्मर निर्माण गरेको छ। इन्टरनेसनल इलेक्ट्रोनिकल कमिसनको कोड आइइसी ६०६०१–१–२–२१ अनुसारको गुणस्तरसँग मिल्ने गरी उक्त बेबी वार्मर निर्माण गरेको केन्द्रले जनाएको छ। बेबी वार्मर भर्खरै जन्मेका शिशुहरुलाई न्यानो बनाउन प्रयोग गरिन्छ।

केन्द्रले उक्त बेबी वार्मरलाई ‘न्यानो नानी’ को नामसमेत दिएको छ। केन्द्रले पहिलो चरणमा १२ वटा बेबी वार्मर निर्माण गरेको हो। उक्त १२ वटा बेबी वार्मर ज्योति विकास बैंकले छनोट गरेको स्वास्थ्य चौकीमा वितरण गर्दैछ। बेबी वार्मर निर्माणका लागि बैंकले १० लाख रुपैयाँ सिआरएस अन्तर्गत दान गरेको केन्द्रका अध्यक्ष महावीर पुनले बताए।

भारतमा यसको मूल्य ७० र युरोपमा करिब डेढ युराे पर्ने केन्द्रले जनाएको छ। तर आफूहरुले निर्माण गर्दा सामानहरुको मात्र ४३ हजार लागेको पुनले बताएका छन्।

Advertisement

बजारमा पाइने यस किसिमको सामानहरु हेरेर डिजाइन गर्न, बनाउन, परीक्षण गर्न र निर्माण गर्न केन्द्रका इन्जिनियरहरुलाई १८ महिना लागेको पुनले जानकारी दिए।