November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले एमाले प्रवेश गर्ने तयारीमा

काठमाडौं । पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले एमाले प्रवेश गर्ने तयारी गरेका छन् । खनाललाई एमाले प्रवेश गराउन विभिन्न चरणमा छलफल समेत भइसकेको स्रोतले जनाएको छ ।

एमालेको १० औं महाधिवेशन नजिकिदै गर्दा खनाल एमाले प्रवेश गर्न लागेका हुन् ।

तनहूँका खनालले आफू अबको निर्वाचनमा एमालेबाट सांसदको उम्मेदवार बन्ने तयारीमा रहेको आफू निकटहरूसँग बताउने गरेका छन् ।

Advertisement

खनालले एमालेका जिल्ला तहका नेता तथा कार्यकर्ताहरूसँग अनौपचारिका छलफल समेत चलाएका छन् । दुई क्षेत्र रहेको तनहूँमा खनालको स्थायी घर क्षेत्र नं १ मा पर्छ ।