November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरव लम्सालको निधन

२०७८ कार्तिक ११

काठमाडौ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरव प्रसाद लम्सालको निधन भएको छ ।

स्वास्थ्य समस्याका कारण केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत ८४ वर्षीय लम्सालको आज बिहान निधन भएको परिवार स्रोतले जानकारी दिएका छन् ।

लम्साल आयोगको प्रतिवेदनका कारण चर्चित छन् । लम्साल २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए ।

Advertisement