काठमाडौँ । इन्टेग्रीटी आइकन नेपाल २०२१ बाट यस वर्षका पाँचजना राष्ट्रसेवक कर्मचारी सम्मानित भएका छन् ।
सम्मानित हुनेमा भेरी अस्पताल, बाँकेकी नर्सिङ अधिकृत शिला शर्मा, नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी, मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी, भक्तपुर अस्पतालकी मेडिकल सुपेरिटेन्डेण्ट डा. सुमित्रा गौतम र भाषा आयोगका उप–सचिव डा. लोक बहादुर लोप्चन रहेका छन् ।
यस वर्ष पनि कोभिड – १९ को जोखिम कायमै रहेकोले सम्मान कार्यक्रम सिमित व्यक्तिको उपस्थितिमा सम्पन्न गरिएको थियो । १०० जनाको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रमको सामाजिक सञ्जालबाट गरिएको प्रत्यक्ष प्रशारण १० हजार भन्दा बढी व्यक्तिले हेरेका थिए ।

पाँच जना आईकन सार्वजनिक भईसकेपछि उनिहरूलाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुकासाथै जिल्लास्थीत सञ्जाल पनि परिचालन गरिएको थियो । सेवाग्राहीको सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाईटलबाट अवार्ड गरिएको छ । जस अन्तरगत, शिला शर्मा “दृढ र सहृदयी”, मनमाया भट्टराई पंगेनी “प्रेरणादायी र निडर”, चन्दकान्त चौधरी “नवप्रवर्तनकारी र दुरदर्शी”, डा. सुमित्रा गौतम “कर्मनिष्ठ र रुपान्तरणकारी”, र डा. लोक बहादुर लोप्चन “अटल र लगनशिल” टाईटलबाट सम्मानित भएका थिए ।
“ईन्टेग्रिटी आईकन २०२१” बाट सम्मानित हुने पाँचै जनालाई बधाई तथा शुभकामना दिदै कार्यक्रमा अतिथि वक्ता एवं राजनीतिक विश्लेषक हरि शर्माले “आईकन बिम्ब हो, जुन हामीमा जागेर आउनुपर्छ । उसमा निर्णयको स्वायत्तता हुनु पर्दछ । जसमा निर्णयको स्वायत्तता छैन भने त्यो बहिकिन्छ ।” भनेका थिए ।
त्यस्तै अर्का अतिथि वक्ता एवं पूर्व बागमती प्रदेश प्रमुख तथा सिएनएन हिरो अनुराधा कोईरालाले, “राम्रो काम गर्ने मान्छे बिचलित नभएर सेवालाई निरन्तरता दिने हो भने, उ अरुको लागि पनि उदाहरण बन्न सक्छ ।” भनेकी थिइन् ।