November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

गुल्मीमा मलामी गएका युवा कालीगण्डकी नदीमा डुवेर बेपत्ता

२०७८ कार्तिक १४

गुल्मी :  गुल्मीमा मलामी गएका एक युवा कालीगण्डकी नदीमा डुवेर बेपत्ता भएका छन्।

चन्द्रकोट गाउँपालिका–७ रुपाकोटका ७६ वर्षीय थानेश्वर न्यौपानेको मलामी गएका १९ वर्षीय शंकर पौडेल कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

आइतवार दिउँसो रुद्धबेनीमा नुहाउने क्रममा पौडेल डुबेर बेपत्ता भएको र उनको खोजी जारी रहेको प्रहरी नायव उपरीक्षक  पुरुषोत्तम पाण्डेले जानकारी दिए। 
 

Advertisement