काठमाडौं । गैरकानुनी रूपमा नेपाल भित्रिएका पाँच अफगान नागरिकलाई अन्यत्र पठाइएको छ । अध्यागमन विभागले दिएको जानकारी अनुसार उनीहरुलाई निष्कासन गरी अन्यत्र पठाइएको हो ।
एकै परिवारका उनिहरू निष्कासनसँगै श्रीलंकाको राजधानी कोलम्बो हुँदै दक्षिण अमेरिकी मुलुक मेक्सिको प्रस्थान गरेका छन् । बाँकी रहेका ६ जनामाथि केही दिनमै उपयुक्त निर्णय लिइने अध्यागमन स्रोतले जानकारी दिएको छ ।
तालिवानले सत्ताकब्जा गरेपछि भारतको बाटो हुँदै गैरकानुनी रूपमा नेपाल भित्रिएका उनीहरू आइतबार साँझ श्रीलंकन एयरबाट कोलम्बो हुँदै त्यसतर्फ उडेका हुन् । गृह मन्त्रालय स्रोतका अनुसार विभागले एकै परिवारका ४१ वर्षीय मोहम्मद जामराई स्तानिकजाई, उनकी पत्नी ३८ वर्षीया नाजिफा, छोरीहरू १७ वर्षीया मिसबाह जैनाव र १२ वर्षीया नुरुल हाया तथा ८ वर्षीय छोरा मोहम्मद रायनलाई उनीहरूकै रोजाइमा मेक्सिको पठाइएको हो ।
उनीहरु बिना भिसा नेपाल प्रवेश गरे पनि साथमा वैध राहदानी रहेको खुलेको छ । उनीहरुलाई नेपालमा रहँदाको अवधिलाई वैध बनाउन विभागले अनअराइभल भिसा उपलब्ध गराएको थियो । अफगास्तिानबाट चार महिनाअघि उपचारका लागि भन्दै हवाईमार्गबाट दिल्ली आएका उनीहरु कार्तिक ४ मा काठमाडौं आइपुगेका थिए ।