काठमाडौं : सीता एयरको जहाज आज बिहान बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ।
नेपालगञ्ज विमानस्थलको धावनमार्गमा हुम्लाको सिमिकोट उड्ने क्रममा उक्त जहाज बँदेलसँग ठोकिएको हो।
दुर्घटनामा मानवीय क्षति नभएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ। जहाजमा भने क्षति भएको छ। सो जहाजको अगाडिको र पछाडिको टायरको बीच भागमा प्वाल परेको छ।
दुर्घटना हुँदा अहिले विमानस्थल बन्द गरिएको छ। बन्द विमानस्थल सन्चालनको प्रयास भइरहेको छ।