काठमाडौं । काठमाडौंको कोकर्णस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । माकलबारी बसपार्कस्थित ड्याममा डाइभ हानेर नदीमा पसेका ३५ वर्षीय युवक मृत फेला परेका छन् ।
उनीसँगै नदीमा पौडिन गएका अरु दुईजना सकुशल निस्केका छन् । मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।
मृतक मापसे गरेर पौडिन गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
उनले बोतल, कागज टिपेर गुजारा गर्ने गरेको स्थानीयवासीहरुले बताएका छन् ।