दमक । फोनिज झापाले सर्वसम्मत नेतृत्व चयन गरेको छ । शनिबार दमकमा भएको अधिवेशनले निर्वाचन समिति प्रमुख कमन देवान, सदस्य इन्द्रजित मुखिया, अधिवक्ता कुमार भट्टराई चयन भएका हो ।
अधिवेशनले भूमिका फियाकको अध्यक्षतामा झापा जिल्ला कार्य समितिको चयन गरेको छ । जसको उपाध्यक्ष सबिना राई, सचिव तिलक योन्जन, सहसचिव बिन्दु मुकारुङ, कोषाध्यक्ष नरेश गुरुङ रहेका छन् भने सदस्यहरुमा प्रतीक्षा राजवंशी, सुरेश थापा आलेमगर, डिल्लीश्वर लिम्बू, एकराज प्रधान, सुजन प्रधान, धनकुमार लावती छन् ।
अधिवेशनले प्रादेशिक महाधिवेशन प्रतिनिधिमा सेसेहाङ फियाक, कविध्वज राई, सजन राई, सनिला राई, सर्णिमा राई, सुमन बेघा, मिना नेम्बाङ, निरन राई, लीला राई, सौरभ मुखिया ए, सौरभ मुखिया बी लाई चयन गरेको छ ।
सङ्घीय प्रतिनिधिमा देशराज नेम्बाङ, भारती राई, रमेश राई समदर्शी, गणेशमान मुखिया, विशाल नेम्बाङ, यज्ञराज सुब्बा (विष्णु), आनन्द गुरुङ छन् ।
अधिवेशनमा प्रदेश प्रतिनिधि फिपराज बेघा, प्रदेश नम्बर १ इन्चार्ज दिपिन राई, प्रदेश १ कोषाध्यक्ष सुसन राई, सदस्य राजन साम्पाङको उपस्थिति रहेको थियो ।