काठमाडौँ । भक्तपुरमा ट्याटु खोपाउन भनी गएका एक युवकको अचानक बोहोस भइ मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार स्थानीय ३३ वर्षीय विराज खड्काको उपचारको क्रममा मृत्यु भएको हो ।
उनको काठमाडौँको सिनामंगलस्थित केएमसीमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
हाल काठमाडौँको कोटेश्वरमा बस्दै आएका विराज बुधबार ट्याटु खोपाउन भनी लोकन्थली मनहरा आँखा अस्पताल नजिकै रहेको इन्क ट्याटुमा ट्याटु खोपाउन गएका थिए ।
पालो कुरेर बसिरहेको अवस्थामा अचानक उनी बेहोस भएपछि अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।