November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

मिति घोषणा हुनासाथ कार्यतालिका ल्याउने तयारीमा आयोग

काठमाडौं। निर्वाचन आयोग स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ । मंगलबार आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तह निर्वाचन आगामी जेठ ४ गतेको लागि सिफारिस गर्नुभएको थियो ।

सो क्रममा प्रधानमन्त्री देउवाले स्थानीय तह पदािधकारीकाे निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारीका कार्यहरु गर्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको थियो ।

आयोग स्थानीय तह निर्वाचनको मिति कुर्दै छ । निर्वाचन मिति कुर्दै गरेको आयोगले निर्वाचनको लागि गर्नुपर्ने तयारी सुरु गरेको छ ।

Advertisement

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिले आयोगले निर्वाचनसम्बन्धी गर्ने कार्य जारी राखेको जानकारी दिनुभयो । तर, कतिपय कार्यहरु निर्वाचन मिति घोषणा भएपछि सुरु हुने उहाँले बताउनुभयो ।

स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानुन बमोजिम आयोगलाई सामान्यतयाः १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले मतदाता संकलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण, दातृ निकायसँग समन्वय गर्ने तथा निर्वाचन सम्पन्न गर्न आयश्यक पूर्व तयारीका अन्य कार्यहरु निरन्तर गरिहेको प्रवक्ता पौडलेल जानकारी दिनुभयो ।

साथै आयोगले प्रस्ताव गरे अनुसार सरकारले निर्वाचन मिति तोकेमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।