November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

बोलेरो दुर्घटना हुँदा दुई घाइते

पान्थर । पान्थरको कुम्मायकमा बोलेरो पिकअप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । कुम्मायक गाउपालिका वडा नम्बर ५ र ४ को सिमाना अन्तर्गतको कबिलाले भञ्ज्याङ्मा बोलेरो पिकअप दुर्घटना भएको हो ।

सोमबार साझ ५ः३० मा मे १ च ६०४७ नम्बरको बोलेरोले अम्लिसोको भारी लिएर झापा जाने क्रममा सडक खण्डको टर्निङ पोइन्ट बाट चिप्लिएर ८० मिटर तल दुर्घटना ग्रस्त भएको थियो ।

उक्त दुर्घटनामा चालक निर्मल रिजाल र सबिन सम्बाहाम्फे घाइते भएका छन् । बिर्ता सिटि हस्पिटल झापामा घाइते चालकको उपचार भइ डिस्चार्ज समेत भइसकेको जनाइएको छ भने अरु घाइतेहरुको अबस्था पनि सामान्य रहेको प्रहरी श्रोतले जनाएको छ ।

Advertisement