November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७८ फाल्गुन ११

दमक । झापाको मेचीनगर नगरपालिका–७ मा मंगलबार बेलुकी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट मेचीनगर–८ का १९ वर्षीय श्याम मगरको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मगरको उपचारका क्रममा बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा मृत्यु भएको हो ।

घटना मंगलबार बेलुकी पौने ८ बजे घटेको प्रहरीले जनाएको छ ।

Advertisement

मोटरसाइकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाले नियन्त्रणमा लिएको छ ।