पान्थर । इगल एफएम ९९.४ मेगाहर्ज पाचथरका सञ्चारकर्मीहरूद्धारा विद्यार्थीहरुलाई न्यानो स्विटर वितरण गरिएको छ । संचारकर्मीहरु मौसम सम्बाहाम्फे, सुनिता खजुम र सङ्गिता सुहाङद्वारा कुम्मायक गाउपालिका ४ साबिक रानिगाउँ ६ को सिंहबाहिनी आधारभूत विद्यालयका विद्यार्थीलाई स्विटर र टाइ वितरण गरिएको हो ।
इगल एफएमको कार्यक्रम प्रस्तोता र प्राविधिक शाखामा समेत काम गरिरहेका सम्बाहाम्फे र खजुमले निजि श्रोत र टिकटक एप्समार्फत जम्मा हुन आएको ३८ हजार रकमले ४१ जना विद्यार्थीलाई सो सामग्री बितरण हुन् ।
यसैगरी सामाजिक कार्यमा उत्तरदायी बन्दै फिदिम नगरपालिकाको गढी माध्यमिक विद्यालयका १५ जना दृष्टिवीहिनहरुलाई पनि मंगलबार १२ हजार रुपैयाँ मुल्य बराबरको ट्राउजर र हाइनेक वितरण गरिएको एक संचारकर्मीले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु खतिवडा, वडा सदस्य विष्णुलाल चौलागाईं, प्रधानाध्यापक केदार सम्बाहाम्फे साथै समाजसेवी छबिलाल खजुम, शिक्षक गोविन्द खतिवडाको उपस्थितिमा विद्यालयमा अध्यनरत सबै विद्यार्थीलाई सो सामग्री वितरण गरिएको थियो ।
सिंहवाहिनी आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा अन्थाक यासोक मोटर बाटोको कारण विद्यालयको अवस्था जिर्ण बनाउदै लगेकोले हारगुहार माग्दा समेत कुनै निकायको ध्यानाकर्षण नभएको गुनासो शिक्षक गोविन्द खतिवडाले राखेका थिए ।