काठमाडौं । नेपाल आदिवासी जनजाती महासंघको अध्यक्षमा गेल्जे लामा शेर्पा निर्वाचित भएका छन् । महासंघको १०औं राष्ट्रिय महाधिवेसनले शेर्पाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
नवलपरासीको कावासोतीमा सम्पन्न महासंघको महाधिवेशनबाट महासंघको वरिष्ठ उपाध्यक्ष बुद्द घर्ति भुजेल निर्विरोध रुपमा चयन भएका छन् । त्यस्तै उपाध्यक्ष पदमा युवराज जिरेल, ध्यानी उराँव, क्षेत्रबहादुर थकाली, गम्भिर सिंह गुरुङ भोटे, लाक्पा शेर्पा (ढोक्या), लहरी जिमी र श्रुती कुमाल निर्वाचित भएका छन् ।
त्यसैगरी महासचिवमा दिवस राई चयन भएका छन् । महाधिवेशनबाट उपमहासचिवमा रामकृष्ण लामा ब्लोन तामाङ चुनिएका छन । ८ जना सचिव निर्विराध निर्वाचित गरेको महाधिवेशनले विमल सारु मगरलाई कोषाध्यक्षमा चयन गरेको छ भने रिदार नोसाङ भोटे सहसचिवमा निर्विरोध निर्वाचित भएका छन् ।