November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

मन्त्री मनाङ्गेले कर्मचारी कुटे

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले आफ्नै मन्त्रालयका कर्मचारीमाथि कुटपिट गरेका छन् ।

मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको मन्त्रालय स्रोतले बताएको छ ।

कर्मचारी प्रकाश ओझाको भने सो घटनापछि मोवाइल स्वीच अफ छ । सो घटनापछि मन्त्रालयमा भागदौडसमेत मच्चिएको स्रोतको भनाइ छ ।

Advertisement

कास्की प्रहरीका प्रमुख एसपी रमेश थापाले भने यो घटनाबारे थाहा नभएको बताए ।