धरान । भेडेटार बस र टेम्पो आपसमा ठक्कर खाई दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा ट्याम्पो चालक भरौल–५ सुनसरीका अन्दाजी ४० वर्षीय खड्गबहादुर कामी रहेका छन् ।
आज बिहान को २ ह ७०४१ नम्बरको टेम्पो र १ ख ४४८० नम्बरको बस आपसमा ठक्कर खाइ दुर्घटना हुँदा टेप्पो चालक कामीको घटनास्थलमै मृत्यु भएको हो ।
ट्याम्पोमा सवार ताप्लेजुङ लिखुम–२ बस्ने १५ बर्षीय उषा लिम्बु घाइते भएको र उनको स्थानीयले उद्धार गरी अस्पताल पठाएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
बस चालक धरान–१७ का ४५ वर्षीय गोविन्दबहादुर कटुवाल र बस इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।