November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

अबको चार दिनभित्रै नेपालमा मनसुन भित्रिने

काठमाडौं : नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ।

अबको २/४ दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको मेची अञ्चल आसपास क्षेत्रबाट मनसुन शुरु हुनेछ। 

उनले भनिन्, ‘अहिले प्रि-मनसुन र मनसुनको शुरुआती चरणको ट्रान्जिसन फेजमा रहेको छ, अबको २/४ दिनभित्रै नेपालमा मनसुन भित्रिनेछ।’ प्रदेश १, मधेश र बागमती प्रदेशका कतिपय स्थानमा आज र भोलि वर्षा भए पनि पश्चिमी भेगमा भने वर्षाको सम्भावना नदेखिएको मौसमविद् भट्टराईले बताइन्।

Advertisement

नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्छ। देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ। जुनदेखि सेप्टेम्बरसम्म ४ महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ। उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० वर्षा हुने गर्छ।