काठमाडौं । झापा, गौरिगंज गाउँपालिका–५ फत्तेपुर बस्ने १७ वर्षीय रोहित सिंह गनगाईको करेन्ट लागेर मृत्यु भएको छ ।
सोमबार बिहान छिमेकीको छोरीको बिहेमा प्रयोग भएको जेनेरेटरको तार फुकाल्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।