November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

काठमाडौंको शान्तिनगरबाट हराएका किशोरको भारतबाट उद्धार

काठमाडौं । काठमाडौंको शान्तिनगरबाट हराएका किशोरलाई प्रहरीले भारतबाट उद्धार गरेको छ । शान्तिनगरस्थित नगेन्द्रकान्छा चोकबाट हराएका १४ वर्षीय नविन रुवालीलाई भारतको पटनास्थित रेलवे स्टेसनबाट उद्धार गरेका हो ।

असार १ मा रुवाली डेराबाट ‘क्रिकेट खेल्न जान्छु’ भनेर हिँडेका थिए । त्यसपछि सम्पर्कमा नआएपछि डडेलधुराको गन्यापधुरा गाउँपालिका घर भई शान्तिनगर बस्ने उनका दाइले प्रहरीलाई खबर गरेका थिए ।

उनलाई भारतीय प्रहरी र भारतमा आईपीएस तालिम गरेका नेपाली प्रहरी अधिकृतहरूसँगको समन्वयमा पटनाबाट उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Advertisement

किशोरलाई नेपाल ल्याएर प्रहरी वृत बानेश्वरले आफन्तको जिम्मा लगाएको छ ।