November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

सशस्त्र प्रहरीका ३७ डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस

काठमाडौं । सशस्त्र प्रहरीका ३७ डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । आइतबार बढुवा समितिले गरेको निर्णयअनुसार डिएसपीहरूलाई एसपीमा बढुवा सिफारिस गरिएको हो ।

रिक्त रहेको ३७ एसपी पदपूर्ति गर्न डिएसपीहरूलाई बढुवा सिफारिस गरिएको छ ।

बढुवा सिफारिसमा चित्त नबुझे सात दिनभित्र बढुवा उपर उजुरी सुन्ने समितिमा जानकारी गराउन पनि सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयले आग्रह गरेको छ ।

Advertisement