काठमाडौं । पूँजीबजार सुधारका माग राखेर असार १ गते देखि आमरण अनसन बसेका तिलक कोइरालाले अनसन तोडेका छन् । पूँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालालाई नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले जुस पिलाएर अनसन तोडाएका हुन् ।
बोर्डसँग १९ बुँदे सहमति गरेपछि कोइरालाले शुक्रबार अनसन तोडेका हुन् । संघर्ष समितिले राखेका माग पुरा गर्न नेपाल धितोपत्र बोर्डले कार्यान्वयन समितिले बनाएसँगै कोइराला अनसन तोड्न राजी भएका हुन् ।
अनसान तोड्नुअघि बोर्ड अध्यक्ष हमालले लानीकर्ताले उठाएका १९ बुँदे माग पुरा गर्न नवगठित कार्यन्वयन समितिले आइतबारबाटै काम थाल्ने प्रतिवद्धता जनाएका थिए ।
अनसन तोडेपछि कोइरालाले सबैमा बधाई दिँदै १९ बुँदे माग पुरा र पूँजी बजारको जीत भएको लखेका छन् ।