November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

सवारीसाधनमा २० बर्षे आयु तोक्ने निर्णय खारेजी गर्न एकीकृत यातायात मजदुर संगठनको माग

काठमाडौं । २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन विस्थापित गर्ने नीति अव्यवहारिक तथा वैज्ञानिक नभएको भन्दै पुनर्विचार गर्न एकीकृत यातायात मजदुर संगठन, नेपालको माग गरेको छ ।

संगठनले पटकपटक सम्बन्धित निकायलाई लिखित तथा मौखिक अनुरोध समेत गरेको जनाएको छ । त्यस विषयमा प्रतिनिधिसभा विकास तथा प्रबिधि समितिमा छलफल समेत भएको जनाइएको छ ।

सियो समेत आफैं निर्माण गर्न नसक्ने सरकारले सवारीसाधनको २० वर्षे आयु निर्धारण गर्ने कुरा अव्यवहारिक भएकोले सवारीसाधनको गुणस्तर तथा प्रदुषण परीक्षण गरेर मात्रै विस्थापित गर्ने नीति अघि सार्नुपर्नेमा सरकारले एकाङ्की ढंगले सालोडोलोमा सार्वजनिक नम्बर प्लेटका लाई मात्र २० वर्षे अवधि तोकेकाले धेरै स्वरोजगार यातायात श्रमिकहरू समस्यामा परेका छन् भने नयाँ सवारीसाधन भित्र्याउने नाममा खर्बौ रूपैयाँ बाहिरिदा राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्नेछ र हजारौं श्रमिकहरू बेरोजगारी हुनेछन् । त्यसैले यो निर्णय पुनर्विचार गरि भेइकल फिट्नेस टेस्टको आधारमा चल्न सक्ने सवारीसाधनलाई चलाउन दिनुपर्ने एकीकृत यातायात मजदुर संगठन नेपाल का केन्द्रीय अध्यक्ष रबि केसीले बताए ।

Advertisement

नेपालका करिब ६५ प्रतिशत सार्वजनिक यातायातका सवारीसाधन स्वरोजगार श्रमिकको लगानीमा संचालित रहेकोले यसको संरक्षण राज्यले गर्नुपर्ने अध्यक्ष केसीले बताए ।