November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

फालेलुङ पहिरोमा बेपत्ता तीनै जना मृत भेटिए

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–७, बिहिदिनमा शुक्रबार राती पहिरोले घर बगाउँदा बेपत्ता बनेका तीनै जनाको मृत्यु भएको छ ।

पहिरोले घर बगाउँदा बेपत्ता बनेका ४२ बर्षीय रुपलाल मगर शनिबार नै मृत भेटिएका थिए । उनकी श्रीमति ३८ बर्षीया गोमा मगर र भतिजि १९ बर्षीया एशिला मगरलाई पनि मृत अवस्थामा भेटिएका हुन् ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले स्काभेटरको सहयोगमा उनीहरुको खोजीकार्य गरेका थिए ।

Advertisement