November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

भारतबाट बोरामा आलुसँगै ल्याउँदै गरेको ८३ लाख रुपैयाँ बरामद

धनुषा । बोरामा आलुसँगै ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख रुपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको छ ।

मंगलबार भारतबाट ज७प ५००७ नम्बरको मोटरसाइकलमा राखेर बोरामा स्रोत नखुलेको रकम ल्याउँदै गरेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको हो ।

पक्राउ पर्नेमा जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डल रहेका छन् ।

Advertisement

बरामद रकम र पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।