काठमाडौँ- पिस फर पिपुलले बिगत ५ बर्ष देखि संचालन गर्दे आईरहेको प्रेरक छात्रबृत्ति यस बर्ष पनि बिभिन्न तहका ९५ जनाले प्राप्त गरेका छन् ।

सबैका लागि निःशुल्क गुणस्तरिय शिक्षा अभियान अन्तर्गत संचालित यस छात्रबृत्ति कोभिड १९ को महामारीले गर्दा यस बर्ष भर्खर मात्रै सम्पन्न भएको हो । जस अन्तर्गत बि.बि.ए अध्ययनरत १ जना, कक्षा १२ को लागि २ जना , कक्षा ११ को लागि ५ जना , कक्षा७ देखि १० सम्ममको लागिश्री आदर्श मा.विका २५ जना, श्री जनजागृतीमा.विका ३१ जना र श्री लिलाकालीमा.बि का ३३ जना गरी जम्मा ९५ जनाले यस बर्ष छात्रबृत्ति प्राप्त गरेको जानकारी अभियानको अभियन्ता पुनम खड्गीले दिनुभयो ।

यस छात्रबृत्ति मार्फत बिद्यार्थीहरुले शतप्रतिशत छात्रबृत्ति प्राप्त गर्ने गर्दछन् जस अन्तर्गत बिद्यार्थीहरुलाई कलेज एवंम बिद्यालयमाआवश्यक पर्ने आर्थिक रकम र बिद्यालय पोशाक ट्याकसुट, बिद्यालय झोला, कापी, कलम , क्यालकुलेटर, ज्यामिटिवक्स लगायतका सामाग्रीहरु बिद्यार्थीहरुले प्राप्तगर्ने गर्दछन् ।
अझै पनिथुप्रै वस्तीहरुमा शिक्षा मुख्य प्राथमिकतामा नपरेको र सामान्य शैक्षिक सामाग्रीहरु अभावले र आर्थिक अभावले बिद्यालय छोड्ने दर उच्च रहेकोले यसलाई कमी गर्नको लागिबिगत १० बर्ष देखी आफुहरु यस अभियान मार्फत लागि परेको , थुप्रै सहयोगीहातहरु मार्फत संचालित यस अभियानले समुदायस्तर राम्रो प्रभावपारेको र अभियानलाई अझै शशक्त रुपमा संचालन गरी थुप्रै भबिष्यको कर्णाधारहरुले आफ्नो भबिष्यको वाटो तय गर्ने सवालमा सफल बनाउने योजना रहेको समेत खड्गीले बताउनु भयो ।

पिस फर पिपुलले सामाजिकअभियान मार्फत बिगत ५ बर्षमा ५सय भन्दा धेरैलाई प्रेरक छात्रबृत्ति मार्फत सहयोग गरिसकेको छ भने, २५ बिद्यालयका ३ हजार भन्दा धेरै बिद्यार्थीहरुलाई अत्यावश्यक शैक्षिक सामाग्रीएवं धादिङ र काभ्रेमा १÷१ बिद्यालय भबन समेत निर्माण सम्पन्न गरिसकेको संस्थाको अध्यक्ष सन्तोष विडारीले बताउनु भयो ।
केही समय अघि मात्रै कोभिड १९ को महामारीमा परेकाभचुर्अल बिधिमार्फत सिकाई सहजिकरण कठिन भएका ४ बिद्यालयका ३२९ जना बिद्यार्थीहरुले बिद्यालय पोशाक ट्याकसुट, झोला, कापी, कलम, जुत्ता, पानी बोत्तल लगाएतको सामाग्रीहरु प्राप्त गरेका थिए ।

बिद्यार्थीहरुलाई बिद्यालय कसरी आकर्षक बनाउन सकिन्छ अनी उनीहरुलाई सिकाईको फरक अभ्यासहरु मार्फत कसरी सिकाई गर्न सकिन्छ भनेर हाम्रो प्रयास निरन्तर रुपमा गरिरहेका छौ । किनकी दिनानुदिन सरकारी बिद्यालयहरु अभिभावक र बिद्यार्थीहरुको छनौट बाहिर परिरहेको अवस्था छ । थुप्रै ठाँउवाट मित्रहरुले उहाँहरुको ठाँउमा पनि हाम्रो अभियान संचालनगर्नको लागिआग्रह गरिरहनु भएको छ तर हाम्रो मनकारी सहयोगी महानुभावहरु मार्फत संकलन गरिएको सानो सानो सहयोग भएकाले धेरै तिर छरिन अनीपुग्न चाहेर पनि सकको छैनौ किनकी निरन्तरता भएन भने यसले रिजल्ट दिदैन् त्यसैले हाम्रो प्रयास भनेको वास्तवमै परिवर्तन देख्न पाईओस अनी सम्पूर्ण नेपाली बालबालिका निःशुल्क रुपमा गुणस्तरिय शिक्षा प्राप्त गरुनभन्ने हो जसको लागि सम्बिन्धत निकायहरुमा हाम्रो खवरदारी निरन्तर गरिरहेका छौ , अभियन्ता खड्गीलेभन्नु भयो ।
अभिभावकहरुको हातमुख जोर्ने कुरानै पहिलो प्राथमिकता परेकाले गर्दा पनि स्थानीय स्तरमा शिक्षालाई त्यतीधेरै महत्व दिईएको पाईदैन् जसको लागि यस छात्रबृत्ति कार्यक्रमले कमसेकम कक्षा ५ सम्मजिनतिन बिद्यालयजाने त्यस पछि बिद्यालय छोड्ने प्रवृतीलाई हटाएर कमसेकम उच्चशिक्षाअध्ययन गर्नुपर्दछ भन्ने खालको कुराहरु बिद्यालयमा र समुदा यस्तरमा ५ बर्षको अवधिमा केही न केही प्रभाव पार्न सफल भएको छ , निरन्तरताले गर्दा सम्भवत धेरै पहिलानै बिद्यालय छोड्ने अवस्थामा रहेका भाई बहिनीहरु अहिले कक्षा ११ ,१२ माअध्ययनरत छन् यो खुसी को कुरा हो , विगत ५ बर्ष देखीअभियान संचालनमा रहेको श्री आदर्श मा.बि का प्र.अ बिष्णु गौतमले भन्नुभयो ।