November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

मोरङको बेलबारीमा करेन्ट लागेर मृत्यु

मोरङ । मोरङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–९ ऐलानी टोल बस्ने ६५ वर्षीय सिंह बहादुर दर्नालको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको हो ।

आफ्नै घरको भान्सा कोठामा रहेको बिद्युतको बल्ब बनाउने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement