काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । आज अपरान्ह ४ बजे बैंकले मौद्रीक नीति ल्याउने भएको छ ।
आज बिहान राष्ट्र बैंकको सञ्चालक समितिको बैठकमा मौद्रिक नीति पेस भएको हो । बैठकले मौद्रिक नीति पारित गरेसँगै दिउँसो सार्वजनिक गरिने छ ।
बैंकहरूले राष्ट्र बैंकमा राख्नु पर्ने अनिवार्य नगद मौजत बढाउने, पुनर्कर्जा सुविधा घटाउने बुझिएको छ ।