November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

सुनसरीमा खोलामा डुबेर बालकको मृत्यु

धरान । सुनसरीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । कोशी गाउँपालिका–३ स्थित जमुवाधार खोलामा डुबेर सोही गाउँपालिका–२ बस्ने राम कुमार उरावको छोरा १४ वर्षीय आयुष कुमार उरावको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

प्रहरीका अनुसार पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement