November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

पाँचथर । पाँचथरमा करेणन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर तुम्बेवा गाउँपालिका वडा नं. २ का ३८ वर्षीय जीवन मगर रहेका छन् । उनको उपचारका क्रममा सोमवार राती मृत्यु भएको हो । करेण्ट लागेर सोही स्थानका ३५ वर्षीय पूर्णकुमार मगर घाइते भएका छन् । अन्न पिस्ने मिलमा विद्युत सर्ट भई करेन्ट लाग्दा घाइते भएका उनको उपचार भइरहेको छ ।

सोमवार दिउँसो २ बजे मृतक जीवनको घरमा जडान गरिएको मिलमा अन्न पिस्ने क्रममा उनीहरुलाई करेन्ट लागेको थियो । करेण्ट लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकामा अस्पताल पु¥याउनासाथ बेलुकी ९ बजे जीवनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घाइते भएका पूर्णकुमारको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Advertisement