November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

झापामा एउटा रूखमा सामुहिक मृत फेला परेका किशोरीले आत्महत्या गरेको प्रारम्भीक निष्कर्ष

दमक । झापाको कचनकवलमा एउटै रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएका तीन किशोरीले आत्महत्या गरेको प्रहरीको प्रारम्भीक निष्कर्ष निस्केको छ । पोष्टमार्टम रिपोर्ट र प्रहरी अधिकारीले गरेको शूक्ष्म अनुसन्धानमा हत्या भएको हुनसक्ने कुनै ठोस प्रमाण फेला नपरेपछि उनीहरूले सामुहिक आत्महत्या गरेको प्रारम्भीक निष्कर्ष निस्किएको हो ।

तीनै जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पोष्टमार्टम भएको थियो । प्रतिष्ठानले मृतकहरुको पोष्टमार्टमको अनौपचारिक रिपोर्ट झापा प्रहरीलाई दिएपछि उनीहरूले आत्महत्या गरेको निष्कर्षमा प्रहरी पुगेको जिल्ला प्रहरीले जनाएको छ । पोष्टमार्टमको विस्तृत रिपोर्ट आएपछि थप भन्न सकिने प्रहरीले जनाएको छ ।

कचनकवल गाउँपालिका–५ स्थित दलेगाउँमा आइतबार एउटै रूखमा स्थानीय तीन किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । स्थानीय सुनकोसी चिया बगान नजिकै भएर बग्ने झिङ खोला किनारमा बयरको रूखमा सोही ठाउँकी १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १७ वर्षीय कल्पना कुमारी गणेश मृत फेला परेका थिए । आत्महत्या गर्नुपर्ने अन्य कारण भने प्रहरीले खोजिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

मृतक तीनै जना स्थानीय चिया बगानका मजदुर हुन् ।